४ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनीयताको शपथ दिएकी छन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार उनलाई सिंहदरबारमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।उनी मंगलबार राज्यमन्त्रीमा नियुक्त भएपनि शपथ लिएकी थिइनन् ।
अन्य दुई राज्यमन्त्रीले भने मंगलबार नै शपथ दिएका थिए । प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै २३ सदस्यीय बनाएका थिए ।
प्रतिक्रिया