मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो दिन नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ९२ करोडको कारोबार



४ माघ, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार नेप्से सूचकमा ९ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकमाथिले बढेको नेप्से सूचक आज ९.०१ अंकले घट्दै २१७३.१० अंकमा झरेको हो ।

तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ३२ अंकले बढेको बजारमा जम्मा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् । आज पनि पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ३८ बजे