मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा आगोले जलेर वृद्धाको मृत्यु



 

५ माघ, काठमान्डौँ । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : ३३ बजे