मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकटकबाट जुवा खेलाउने कार्यमा संलग्न मल्ल पक्राउ



 

५,माघ,काठमाडौँ । सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् ।

उनले ईसेवालगायत अन्य डिजिटल वालेनमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर टीकटकमार्फत जुवा खेलाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

उनलाई अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा मंगलबार ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३२१ रुपैयाँ कारोबार गरेको देखिएको छ । प्रहरीले उनको साथबाट जुवा खेलाउन प्रयोग भएको स्मार्ट फोन, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्टर र तास बरामद गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : ५९ बजे