मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल



 

५,माघ, काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् ।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् । पुन जण्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचारत छन् ।

चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । पुनलाई भेट्न पोखरेलसहित श्रीमती सुजिता शाक्य समेत अस्पताल पुगेकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : २२ बजे