मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई विश्वप्रकाशको जवाफ- हामीले ढोक्सा थापेको होइन तपाईँले प्रधानमन्त्रीलाई पिँजडामा राखेको



५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीमा कांग्रेसको दाबी रहेको प्रष्ट पार्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को रोष्टमबाटै जवाफ फर्काएका छन् ।

प्रतिनिधि सभाका सभामुख उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्तावकका रूपमा बोल्दै शर्माले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताए । बरु एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप उनले लगाए

शर्माले भने-म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईँले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाई आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५२ बजे