मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिके राउतको प्रश्नः थोत्रा प्लेन ल्याउनेलाई कारबाही गर्न कसले रोकेको छ?



५ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्सपेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन आग्रह गरे ।

‘मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानविनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो’ राउतले भने, ‘यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी, उडान भर्न अनुमति दिने इन्सपेक्टरको टोलीलाई पक्राउ गरेर छानविन गर्न कुनचाँहि विधिले दिँदैन रु त्यसमा हामी जान्न चाहन्छौं ।’

सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्यो नभए तत्काल छानविन गरेर कारबाही हुनुपर्ने राउतले बताए । ‘मेरो गृहमन्त्री ज्यूसँग आग्रह छ । यस विषयमा गम्भीरताका साथ छानविन गरियोस् तपाई कम्तिमा प्रक्रियावादी नबन्नुस् भन्ने आग्रह गर्दछु’ राउतले भने ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ०२ बजे