मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी अस्पतालमा जिउँदो बालकलाई मृत्यु घोषणा प्रकरणः स्वास्थ्यमन्त्रीद्वारा चासो



५ माघ, काठमाडौं । कोशी अस्पतालमा उपचारका लागि लगिएका एक बालकलाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेको प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका हुन् ।

उनले बालकका अभिभावक र अस्पताललाई फोन सम्पर्क गरेर यसबारेमा जानकारी लिएका हुन् । बालकका बुवा दिलिप मुखियासँगको टेलिफोन संवादमा मन्त्री गिरीले दोषीमाथि कारबाही गरिने बताएका छन् । उपचारको क्रममा लापरबाही गर्न नहुने भन्दै मन्त्री गिरीले घटनाको वास्ताविकता लेखेर पठाउन र आवश्यकता अनुसार दोषीलाई कारबाही गर्न कोशी अस्पतालका निमिक्त प्रमुख डा. लक्ष्मी नारायण यादबलाई पनि निर्देशन दिएका छन् ।

१८ दिनको नवजात छोरीलाई बुवा दिलिप मुखिया र आमा उमा मुखियाले उपचारका लागि अस्पतालको इमेरजेन्सीमा लगेका थिए । तर, उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको भएपनि बच्चा जिउँदै भएको पाइएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ०६ बजे