मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छातीमा मुड्की हानेर भए पनि ईश्वरी न्यौपानेलाई समर्थन गर्छौंः चित्रबहादुर केसी



५ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीका एकमात्र सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताए ।

उनले नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको पनि बताए । उनले पहिला भन्दा यसपटको संसद र सरकार बनेको प्रक्रियाले झन अप्ठेरो अवस्थामा पुगेको भन्दै लोकतन्त्र हुन नसकेको बताए । ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौ, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौ भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो ।

तर नयाँको स्थिति पनि देखियो’, उनले भने, ‘राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्च्यिो भन्ने पक्षमा छैन ।’ उनले कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे । ‘तर जे भएपनि छातीमा मुड्की हानेर भए पनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ’, केसीको भनाइ छ ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ५५ बजे