मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने



 

५ माघ, काठमाडौं । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन् ।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो । १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ५८ बजे