मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार



 

५ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से ५.७१ अंकले बढेर २ हजार १७८.८१ विन्दुमा अडिएको छ ।

बजारमा आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबारमा ८२ लाख ४७ हजार ६४६ कित्ता शेयरको किनबेच भएको छ । आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत, नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य उच्च अंकले बढेको छ ।

कुमारी धनवृद्धि योजना, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचअल फन्ड २ र ग्लोबल आईएई लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी गुमाएका छन् । ०।२६ प्रतिशतले बढेको शेयर बजारको पूँजीकरण ३१ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ४९ बजे