मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि बढ्यो सुनको मूल्य, एकैदिन तोलामा ७ सय रुपैयाँ वृद्धि



 

६,माघ,काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । बिहिबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा उक्लिएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ३८ बजे