- नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति बनेको एक पदाधिकारीले बताए ।
उनले भने, ‘उहाँ (मुक्ता) लाई उम्मेदवार बनाउनेबारेमा लगभग सहमति भइसकेको छ । हामी अन्य दलसँग पनि छलफल गरिरहेका छौं । केही समयपछि औपचारिकरूपमा निर्णय होला ।’
सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवारमा अघि सार्ने निर्णय गरेको छ ।
प्रतिक्रिया