मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्गेजमेन्टको तस्बिर सेयर गर्दै सुवेक्षाले भनिन्, ‘आश्वासन जोशी, तिमीसँग यो सुन्दर जीवन बिताउन उत्साहित छु’



 

६,माघ, काठमान्डौँ । अभिनेत्री सुवेक्षा खड्काले प्रेमी आश्वासन जोशीसँग बिहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले इन्गेजमेन्टका तस्बिर साझा गर्दै आफ्ना भावी श्रीमान्का लागि मायाको वर्षा गरेकी छिन् । उनले सातवटा तस्बिर पोस्ट गर्दै प्रेमीका लागि लेखेकी छिन्, ‘बु, मेरो माया र सम्मान तिम्रो लागि प्रत्येक दिन बढेको मात्रै छ । तिमी नै मेरो चन्द्रमा हौ जसले मलाई शान्त गराउँछ, मेरो मन पगाल्छ र मलाई यो अनुभूति कति विशेष छ भनेर महसुुस गराउँछ ।’

आश्वासन जोशी, मेरो मायालु र सबैभन्दा दयालु व्यक्ति, मेरो फियान्से, म तिमीसँग यो सुन्दर जीवन बिताउन उत्साहित छु । आऊ, सँगै मिलेर प्रत्येक दिन उत्कृष्ट बनाऔँ ।’

आश्वासनले केही दिन अघि आफ्नो जन्मदिनको अवसरमा फिल्मी शैलीमा शुवेच्छालाई हिराको औँठी लगाइदिएर विवाहको प्रस्ताव राखेका छन् । यी दुईले छिट्टै नै विवाह गर्ने योजना बनाएको पनि बताइएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ३२ बजे