अनशनको शक्ति जुटाउने सन्त चिकित्सक


Sunday, 29 Jul, 2018 11:42 AM
 अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । 
डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । एक उच्चत्तम सीपयूक्त जनशक्ति निष्प्राण जस्तै ओछ्यानमा पल्टेको दृश्य गएको ६ वर्षमा सामाजिक संजाल र मिडियालाई राम्रै खुराक भएको छ ! विक्रम सम्वत् २०६९ साल असार २४ गते ‘ वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति गरिनुपर्ने’ एकसुत्रीय माग तेर्साएर अनसन थालेका डा. के.सी. विक्रम सम्वत् २०७५ साल साउन १० गतेसम्म आइपुग्दा विभिन्न सातसुत्रीय माग सहित आफ्नो चट्टानी अडानमा टसमस देखिएनन् । 
झट्ट हेर्दा डा. के.सी. को अनसन शृंखला राम्रै फापेको देखिन्छ । तर, हुँदा खाने र हुनेखानेले डा. के.सीलाई हेर्ने नजर अलगअलग छन् । हुनेखाने जो छन् धन दौलत खर्च गरेरे आधारभूत आवश्यकता अन्तर्गत पर्ने क्षेत्रको व्यवसाय आफ्नो नियन्त्रणमा पार्न खोज्छन् । जहाँ कालन्तरमा बिना मोलाहिजा (बार्गेनिङ्ग)  मनग्ये मुनाफा आर्जन गर्न सकिन्छ । त्यस्ताले डा.के.सीलाई कर्के नजरले हेर्छन र भन्छन् पखः तलाईं ठेगान लगाउने अस्त्र नीति निर्माणको तह हो जो हामीप्रति उदार हुनासाथ तिमीलाई चरीकन्ठे (के गरौँ के नगरौँको अवस्था वा वाध्यता) पु¥र्याइदिन्छौं ! अर्को तह छ हुँदाखाने । जसलाई आधारभूत स्वास्थ्य क्षेत्रको विश्वव्यापी मान्यता बुझेका तर, सजिलै विक्री नहुने बुज्रुकहरूको साथ, सहयोग र समर्थन छ । जुन तप्का डा.के.सी. हाम्रै वा बहुसंख्यक नागरिकको पक्षमा वकालत गर्ने सन्त पुरुष हुन भन्ने मान्यतामा उहिल्यैदेखि अडिग छ । 
यस्सो हेर्दा डा.के.सीको अनशन बर्गीय द्वन्दको भूमरी परेको छ । फलत डा.के.सीले पटकपटक आन्दोलन जित्छन् तर, व्यवहारमा हार्दै आएका छन् । पूँजीवादी वा खुल्ला बजार अर्थनीतिको अभ्यास गर्ने जुनसुकै मुलुकको एउटा अनौठो विशेषता के हो भने हुनेखाने वर्गले राज्य शक्तिको श्रोतमा सजिलै पहुँच स्थापित गर्न सक्दछन् र नीति–निर्माणको तहलाई बिना झन्झट प्रभावित तुल्याउन सक्ने क्षमता राख्दछन् । डा.के.सीले यो पन्ध्रौँ अनशन शृंखलासम्म आइपुग्दा दर्जनौं समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् तर, कार्यान्वयनको चरणमा पुग्दा नपुग्दै समाजलाई नै दिग्दभ्रमित तुल्याउने अफवाहहरू सिर्जना गरिन्छ । यो कसरी सम्भव छ ? कारण त्यहि हो शक्तिकेन्द्रसँग हुनेखानेको बढ्दै जाने सामिप्यता जहाँ हुँदाखानेको उपस्थिती शून्य प्रायः हुन्छ । यसर्थ, म भन्छु डा.के.सीको अनशन शृंखलाको खुड्किलो संसद्मा चिकित्सा शिक्षा विधेयक पेसै भएको भएपनि झनै जटिल मोडमा अड्किएको छ । स्वास्थ्य क्षेत्रका तमाम ब्यथितीलाई व्यवस्थापन गर्ने हो भने आफ्नो ज्यान उत्सर्ग गर्न तयार अरु कर्मठ जोडी डा. के.सीलाई पछ्याउँदै हिड्नुपर्छ । यो एउटा अभियान हो, अभियानको निरन्तरताका लागि अभियान्ताको उत्तराधिकारीप्रति समर्थक र सासनसत्ता दुवै क्रमशः उत्तिकै भरोसायोग्य र सतर्क हुनुपर्दछ । 
२०७३ साल असार २३ गतेदेखि साउन १० सम्म चलेको आठौँ अनशन शृंखलाबाट डा. के.सी मेडिकल शिक्षाको ब्यथितीमा मात्र सिमित भएको देखिँदैन । संबैधानिक स्वायत्त संस्थाको प्रमुखलाई हटाउनुपर्ने माग मुद्दा अनशनकै क्रममा थपिँदै गएका हुन् । अभियानको पक्ष–विपक्षमा बादविवाद उर्लिंदै जाँदा हालसालै एकजना क्याबिनेट माननीय मन्त्रीज्यू पदच्यूत भए । अनशनको शक्ति बढ्दै जाँदा उत्पन्न हुने प्रीय अप्रीय घटना परिघटनाले सरकारी दानापानीमा जीवन भरथेग गर्दै आएका उच्चत्तम सीपयुक्त जनशक्ति डा.के.सीलाई अव ‘वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति गरिनुपर्ने’ जस्ता एकसूत्रीय मागमा फर्किन दिँदैन । 
डा.के.सीले साझेदारी सासनसत्तालाई मात्र होइन दुईतिहाईको राज्यसत्तालाई पनि चुनौती दिए । स्वयम् डा.के.सी पनि सुविधाजनक दवावमा पक्कै हुनुहुन्न । एउटा व्यक्तिले पटकपटक राज्यलाई चुनौती दिँदा पद्वतिगत ढंगले गर्ने गरिने कार्यमा पक्कै पनि प्रभाव पर्छ । प्रतिनिधिमूलक संस्थाको मानमर्दन डा.के.सीको नैतिक बललाई खल्बल्याउने तरिकाले विकसित हुनुहुन्न । खुल्लाबजार अर्थनीतिमा यो गर त्यो नगर भन्ने अधिकार राज्य स्वयमलाई त हुदैन भने हामी त राज्यका एक अंग, साचो अर्थमा नागरिक हौँ । सासनसत्ताको मझेरीमा पहुँच राख्ने ‘हुनेखाने’ नव धनाड्य वर्गले पैसा र पहुँचका भरमा अर्काको जीवन किन्ने ठेक्का अपेक्षा नगर्दा हुन्छ । तीन करोड सबै नेपाली दक्ष चिकित्सक भएको नेपाल लङ्गडो हुन्छ । अचेतन अवस्थामा आफ्नो पेट चीर्न दिने इजाजत पत्रमा हस्ताक्षर गर्दा विरामी स्वयमले पुनर्जीवनको पूर्ण अपेक्षा गरेको हुन्छ । डा.के. सी अभियानको धारतल त्यहीं तपाईं हाम्रो पेट कस्तो मान्छेलाई चीर्न दिने भन्नेमा केन्द्रीत छ । 

सन्दर्भ सामाग्रीहरू :– 
१) वर्ष १०, अंक ९६ शनिबार १२ साउन २०७५– नागरिक दैनिक 
२) वर्ष २६, अंक १६० शनिबार १२ साउन २०७५– कान्तिपुर दैनिक 
३) स्वास्थ्य खबरपत्रिका–  २०७५ साउन अंक 
 
लेख-रचना संख्या –२८९
 
 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top