समाचार

पाँच वर्षीय बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ

११,माघ ,दाङ । पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् । वगकतषथसूश्रबालिकालाई ललाइफकाई ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले बताए । पक्राउ…विस्तृत समाचार »

पचासी वर्षमा लगनगाठो !

११,माघ संखुवासभा  ।  उमेरले ८५ वर्ष पुगेका खाँदबारी १ का जीतबहादुर राईले भर्खरै विवाह गरे । आफन्त कुलकुटुम्ब र गाउँलेलाई निम्ता दिएर बेहुला भएर उनले सभापोखरी ३ की मालती लिम्बूलाई घर भित्राए । पहिलो श्रीमतीको मृत्यु भएपछि उनले दोस्रो श्रीमतीको रुपमा मालतीलाई स्वीकार गरेको बताए । अविवाहित बसेकी ५० वर्षीया मालतीले गाउँले र आफन्तले विवाह गर्न दबाब दिएपछि आफूले विवाह गरेको बताइन् । आइतबार विवाह…विस्तृत समाचार »

सर्वोत्कृष्ट विद्यार्थीले चाहेमा स्थायी शिक्षक बन्न पाउने

११,माघ काठमाडौं  ।  उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । शिक्षा मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना एसएसडीपी मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको छ । शिक्षा पत्रकार सञ्जाल इजोनले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा। मुकुन्दमणि खनालले प्रतिभाशाली विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न…विस्तृत समाचार »

कति राम छन् बाबुरामको नयाँ शक्तिमा

१०, माघ काठमाडौँ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन् । उनले सार्वजकि गरेको अन्तरिम केन्द्रीय परिषदमा संयोग नै मान्नु पर्छ झण्डै आधा दर्जन व्यक्तिको नाममा राम जोडिएको छ । यस्ता छन् राम नाम जोडिएका अन्तरिम केन्द्रीय परिषद सदस्यहरु । संयोजक डा बाबुराम भट्टराई गोरखा परिषद् सदस्यहरु मुमाराम खनाल कपिलबस्तु डा रामकेवल साह धनुषा रामचन्द्र झा…विस्तृत समाचार »

दलित र मुस्लिमलाई सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षण दिन माग

१०, माघ काठमाडौँ । दलित मुस्लिम श्रमिक पार्टीले राज्यका सबै निकायमा दलित र मुस्लिम समूदायलाई जनसंख्याको आधारमा आरक्षण दिन माग गरेको छ । पार्टीले आईतवार पत्रकार सम्मेलन गरेर एमवीवीएस र ईन्जिनियरिङ्ग मा ४० प्रतिसत अंक ल्याउने दलित र मुस्लिम विद्यार्थीलार्य निशुल्क शिक्षाको ग्यारेन्टी गर्नु पर्ने, ५० वर्ष माथिका मुस्लिम दलित नागरिकलाई जेष्ठ नागरिक सरह सुविधा दिनु पर्ने, संविधान संसोधन गरेर ती समूदायलाई उपचार र सामाजिक…विस्तृत समाचार »

मोर्चाको प्रमुख माग पुरा भईसक्यो : उपप्रधानमन्त्री रावल

१०, माघ काठमाडौ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको प्रमुख माग संविधान संसोधनबाट पुरा भएको भन्दै बाँकी मागको विषयमा छलफल गर्न छिट्टै बार्तामा बोलाउने बताएका छन । काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने,‘मोर्चाले सुरुमा उठाएको माग संसोधनबाट हुबहु पुरा भईसकेको छ । आउने दिनमा अरु माग समाधान गर्न पनि सरकार तत्पर छ भन्ने सन्देश दिएको छ । बन्द, हडताल, हिसात्मक गतिविधी…विस्तृत समाचार »

नेपालको संविधान संशोधनप्रति भारतको स्वागत

१०,माघ,काठमाडौं । नेपालको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी संविधान संशोधनको स्वागत गरेको हो । विज्ञप्तिमा ‘नेपालको संसद्ले पास गरेको दुई संशोधन सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं र अन्य विषयहरु पनि यसैगरी सम्बोधन गरिनेछ भन्ने हामीलाई विश्वास छ’ भनिएको छ । व्यवस्थापिका संसद्को हिजोको बैठकले नेपालको संविधानलाई पहिलो संशोधन गरेको थियो । आन्दोलनरत मधेसी र थारु…विस्तृत समाचार »

सन् २०१८ सम्म तातोपानी नाका बन्द गर्ने चिनियाँ योजना

१०, माघ काठमाडौँ । सन् २०१८ सम्म नेपाल र चीनबीच तातोपानी नाकाको व्यापार बन्द हुने सम्भावना बढेको छ । गत वैशाख १२ र २९ गतेको भूकम्पको कारण पुल कमजोर भएको भन्दै चीनले तातोपानीको नेपाल–चीनको सीमाक्षेत्रमा रहेको मितेरी पुल अर्को वैकल्पिक पुल नबनाई भत्काउन नेपालसँग सहमति मागसँगै अझै २ वर्ष उक्त नाका सञ्चालनमा नआउने निश्चित भएको हो । नेपालले  मितेरी पुल भत्काउनुअघि सो क्षेत्रमा अर्को बेलीब्रिज…विस्तृत समाचार »

न्यानो कपडा किन्न पच्चीस करोड वितरण

१०,माघ,भक्तपुर। जिल्ला प्रशासन कार्यालयले छ वटा नगरपालिकामार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न रु २५ करोड ३१ लाख ५० हजार वितरण गरेको छ । भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका २५ हजार ३१५ परिवारलाई रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका निमित्त प्रजिअ शिवराज जोशीले जानकारी दिए । वगकतषथसूश्रलगतअनुसार २६ हजार २८२ घर पूर्ण क्षति भएको पाइएपनि करिब ३०० घरको नक्कली भूकम्पपीडित रहेको उजुरी परेकाले छानबिनका क्रममा रहेका…विस्तृत समाचार »

चिसोले तराईको जनजीवन कष्टकर

१०,माघ,विराटनगर  । केही दिन देखि चिसो बढेपछि विराटनगर लगायत तराईको जनजीवन कष्टकर बनेको छ । चिसोले मानिसहरु सडकमा निस्कन कमी आएको छ ।  चिसो हावा चलेका कारण चिसो अधिक बढेको हो । चिसो मौसममा सामान्यतया १० डिग्री सेल्सियसको वरिपरि रहने गरेकोमा यस पटक घटेर ७ डिग्रीमा झरेको छ ।  चिसो बढेपछि त्यसको असरबाट वृद्ध तथा वालवालिकाहरुलाई जोगाउन जिल्ला प्रशासन कार्यालय मोरङले गरिव बस्तीमा दाउरा वितरण गर्ने…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top