खेल

भारतसँग नेपालको लजास्पद हार, नेपाल समुहचरणबाटै बाहिरियो

१२ पुस, काठमाडौं । भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ३-१ ले पराजित भएको छ । समूह एबाट भारत विजेता बनेको छ भने श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । केरालामा भएको खेलमा नेपालले तेस्रो मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध विमल घर्ती मगरले गोल गरे ।…विस्तृत समाचार »

तानसेनमा पहिलो पटक हाप म्याराथन दौड प्रतियोगिता संचालन

१२,पुस,पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा पहिलो पटक हाप म्याराथन दौड प्रतियोगिता संचालन गरिएको छ । तानसेनको मखनटोल बाट शुरु भएको दौड प्रतियोगिता तानसेनको मखनटोलमै आएर सकिएको हो । धरोहर एडभेन्चर पाल्पा र नार्ली काठमाडौको आयोजनामा तानसेनमा पहिलो पटक म्याराथन दौड प्रतियोगिता गरिएको हो । तानसेनको मखनटोल देखी प्रेमको प्रतिक रानीमहल सम्मको एकतर्फी दुरी साढे १० किलोमिटर दुवै गरी  २१ किलोमिटर दुरीको म्याराथोन दौड प्रतियोगिता गरिएको…विस्तृत समाचार »

श्रीलंका बिरुद्धको पहिलो वन डेमा न्युजिल्याण्ड विजयी

ऐजेन्सी,११,पुस । श्रीलंका बिरुद्धको पहिलो वन डे क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । न्युजल्याण्डले ५ म्याचको सिरिजमा १–० को अग्रता लिएको छ । श्रीलंकाले दिएको १ सय ८९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले २१ ओभरमा ३ विकेट गुमाई भेट्टाएको थियो । ९ दशमलब ०९ को रनरेटमा ब्याटिङ्ग गरेको न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले बिष्फोटक ब्याटिङ्ग गर्दै ५६ वलमा ७९ र अन्तिम वन डे सिरिज खेलिरहेका…विस्तृत समाचार »

साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक भारत र श्रीलंका भिड्दै

१०,पुस,काठमाण्डौं ।  भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज आयोजक भारत र श्रीलंकाबीच खेल हुदैछ ।  भारत र श्रीलंकाबिचको खेल केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि सुरु हुनेछ । समुह ए अन्तर्गतको खेलमा भारतको पहिलो खेल हो भने श्रीलंकाको अन्तिम खेल हो । पहिलो खेलमा श्रीलंकासंग १–० ले पराजित भएको नेपालका लागि पनि यो खेल अर्थपूर्ण छ । यो…विस्तृत समाचार »

पाकिस्तानी कप्तान अजहर र हाफिजद्धारा ट्रेनिङ क्याम्प बहिष्कार

१०,पुस,काठमाण्डौं । पाकिस्तानका एकदिवसीय क्रिकेटका कप्तान अजहर अली र ब्याट्सम्यान मोहम्मद हाफिजले ट्रेनिङ क्याम्प बहिष्कार गरेका छन् ।  म्याच फिक्सिङको आरोपमा जेल परेका तथा पाँच वर्षको प्रतिबन्ध खेपेका बलर मोहम्मद आमिर ट्रेनिङ क्याम्पमा फर्किएको बिरोधमा कप्तान अली र ब्याट्सम्यान हाफिजले क्याम्प बहिष्कार गरेका हुन् । पाकिस्तानले आउँदो जनवरीमा न्युजिल्याण्डसँग तीन एक दिवसीय तथा तीन ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने छ । पाकिस्तान क्रिकेट बोर्डले अली र हाफिजको…विस्तृत समाचार »

साफ च्याम्पियनमा आज दुई खेल हुँदै

९,पुस,काठमाण्डौं । साफ च्याम्पियन सिफ फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । समुह बी अन्तर्गत आज हुने खेलमा माल्दिभ्स र भुटान तथा अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । भारतको केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुने खेलमा माल्दिभ्सले भुटानसँग खेल्नेछ । यस्तै डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले बेलुका पौने सात बजे त्रिवेन्द्रम रंगशालमा मै बंगलादेशसँग प्रस्तिपर्धा गर्नेछ । समुह बी मा रहेका…विस्तृत समाचार »

भारतमामा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

८, पुस काठमाडौँ ।  एघारौं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरु हुँदै छ । भारतको केरलास्थित त्रिबेन्द्रममा हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलंका भिड्दैछन् । नेपाल र श्रीलंकाबीचको इतिहास हेर्ने हो भने श्रीलंका बलियो देखिएको छ । यी दुई देशबीच हालसम्म खेलिएका १३ खेलमध्ये नेपालले दुई वटामा मात्रै जित हात पारेको छ । ६ खेल बराबरीमा…विस्तृत समाचार »

जापानी क्लबद्धारा बेसबल खेलाडीलाई सहयोग

७, पुस काठमाडौँ ।  क्लब लालीगुराँस जापानले भुकम्प प्रभावित बेसबल खेलाडीहरुलाई सहयोग गरेको छ ।  लालीगुराँस क्लव जापानका अध्यक्ष योही कोबायासी, बेसबलका अन्र्तराष्ट्रिय रेफ्री शिमोजी काजुमी सहितको प्रतिनिधि मण्डलले नेपालका बेसबल खेलाडीलाई सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुले भक्तपुरका भुकम्प प्रभावित ३० जना बेसबल खेलाडीहरुलाई सहयोग गरेका हुन् । सहयोग स्वरुप खेलाडीहरुलाई इन्डक्सन चुलो, प्रेसर कुकर, सोलार लाइट र कम्बल प्रदान गरिएको छ । क्लब…विस्तृत समाचार »

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने म्याकलमको घोषणा

७ पुस, काठमाडौं । न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३४ वर्षका ब्याट्सम्यान म्याकलमले आगामी फेब्रुअरीमा अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा १०१ औं टेष्ट खेल्नेछन् । र, यो नै उनको करियरको अन्तिम टेष्ट समेत हुनेछ । म्याकलम न्यूजिल्याण्डका लागि सेकेण्ड अलटाइम टप रन स्कोरर हुन् । उनले ९९ खेलमा ६२७३ रन बनाएका छन् । भारतमा मार्च ८ बाट हुने टी–२० विश्वकपमा…विस्तृत समाचार »

श्रीकाविरुद्धको टेष्ट न्युजल्याण्डको पोल्टामा

 ६ पुस, काठमाडौं । हमिल्टन टेष्टमा ५ विकेटको जित हात पार्दै न्यूजिल्याण्डले श्रीलकाविरुद्धको टेष्ट सिरिज २–० ले जितेको छ । टेष्टको चौथो दिन न्यूजिल्याण्डलाई जितका लागि मात्र ४७ रन आवश्यक थियो । केन विलियम्सन १०८ रनमा अविजित रहादै टीमलाई महत्वपुर्ण जित दिलाए । दोस्रो पारीमा न्यूजिल्याण्डले एक समय ११ रन जोड्दा २ विकेट गुमाएको थियो । तर श्रीलंकाले दिएको १८९ रनको लक्ष्य ५ विकेटको क्षतिमा…विस्तृत समाचार »

global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top