व्यानर

संसद भवनमा प्रमुख दलहरूबिच बैठक जारी, के होला त सहमति ?

२१ जेठ काठमाडौ । व्यवस्थापिका संसदको बैठक सुरु गर्न सहमति जुटाउन संसद भवनमा प्रमुख दलहज्ञका बिचमा बैठक सुरू भएको छ ।   बैठकमा प्रमुख दलका शीर्ष नेताहरु सहयोगीसहित उपस्थित छन्। बिहान डाकिएको शीर्ष नेताको बैठकमा अनुपस्थित भए पनि एमाले अध्यक्ष केपी ओली अहिलेको बैठकमा सहभागी भएका छन्। आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले अवरोध गर्ने चेतावनी दिएपछि बैठक…विस्तृत समाचार »

सन्की शेरबहादुर : रिसको झोँकमा राज्यसत्ता राजालाई बुझाउनेले कसरी हाँक्लान् गणतन्त्र नेपाललाई ?

विष्णु पोखरेल  ‘काँग्रेस सभापति शेरबहादुर देउवा जे बोल्छन्, त्यो  पुरा हुनैपर्छ । देउवाको जिद्धिपना (लिँढेढिपी ) यति छ कि आफुले भनेको भएन भने अर्कालाई पनि नहोस् भनेर जस्तो सुकै कदम चाल्न पछि पर्दैनन् ।’ यो आरोप हामीले लगाएका हैनौं, उनकै पार्टीभित्र र बाहिर रहेका उनका आलोचकहरुले लगाउने गरेको आरोप हो ।  तर, केही तथ्यहरु यस्ता छन्, जसले उनका आलोचकहरुले लगाउने आरोपलाई सत्य नजिक पु¥याइदिन्छ ।…विस्तृत समाचार »

भरतपुर तनाव : सुरक्षा संवेदनशीलता बढेको भन्दै भरतपुरमा निषेधाज्ञा जारी

२१ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय पछि भरतपुर क्षेत्रमा तनाव बढ्न थालेको छ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले पुनः मतदानलाई अस्वीकार गर्दै आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मतगणना स्थलको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा संवेदनशीलता बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको मालपोत चोक, चौबिस कोठी र हाकिम…विस्तृत समाचार »

​भरतपुरमा पुनः मतदान निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर, भोलि सुनुवाई हुने

२१ जेठ, काठमाडौं । भरतपुर महानगर वडा नं। १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । एमालेको तर्फबाट भरतपुर १९ मा वडा सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज दर्ता गराएको रिटमा भोलि सुनुवाई हुनेछ ।  रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्रलाई बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त…विस्तृत समाचार »

संसद् बैठक दिउसो ३ बजेसम्म स्थगित, देउवाको सत्तारोहणमा ढिलाई

२१ जेठ, काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका–संसद् बैठक स्थगित भएको छ ।  बैठक संचालनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपछि बैठक आजै दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । यो बीचमा सहमतिको खोजीका लागि सभामुख ओनसरी घर्तीले शिर्ष नेताहरुको बैठक बोलाउनुभएको छ ।  एमालेले संसद् बैठक अवरुद्ध गर्ने अडान कायमै राखेपछि बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको…विस्तृत समाचार »

​भारत र पाकिस्तानका क्रिकेटर चुप बस्न सकेनन्, भोलिको म्याचबारे खेल्न थाले जुहारी

च्याम्पियन्स ट्रफी २०१७ का लागि भारत र पाकिस्तान भोलि ४ तारिक (आइतबार  ) भिड्दैछन् । विश्वमै चर्चा हुने यि दुई देशबीचको खेललाई लिएर क्रिकेट खेलाडीबीच पनि भनाभन सुरु भएको छ । दुई देश बीचको राजनीतिक विवादका कारण पनि भारत–पाक क्रिकेट चर्चामा रहन्छ । यि दुई देशका क्रिकेट टिमको प्रस्तुति निकै उत्कृष्ठ हुने भएकाले पनि विश्वकै दर्शकले रोचक मान्ने गर्छन् । त्यसो त खेल सुरु हुनुअघि नै…विस्तृत समाचार »

प्रधानन्यायाधिश कार्कीको गंभिर खुलासा, प्रधानमन्त्री दाहालले लोकमानलाई जोगाउन दबाब दिएका थिए

२१ जेठ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले  प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। उनले भनिन् ‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो। उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो।’ दाहालल…विस्तृत समाचार »

​अरबको आकाशमा उड्ने छैन अब कतार एयरलाइन्स

२३ जेठ, काठमाडौं । संसारकै सबैभन्दा बढी व्यस्त एयरलाइन्स मध्ये मानिने कतार एयरलाइन्सका विमानहरु अब अरब मुलुकको आकाशमाथि उड्ने छैनन् । अर्को सूचना प्रकाशित नभएसम्म कतारका छिमेकी मुलुकले कतार एयरलाइन्सका उडानमा प्रतिबन्ध लगाएका हुन् ।   सोमबार साउदी अरब, यूएईसहित ६ वटा मुलुकले कतारसँग कुटनीतिक सहित सबै सम्बन्ध विच्छेद गरेपछि त्यसको सोझो प्रभाव कतार एयरलाइन्सलाई परेको छ । यस्तै, कतारका छिमेकी मुलुकका एयरलाइन्सलाई पनि परेको…विस्तृत समाचार »

​कर्मचारीतन्त्रका डन शर्माको नालिवेली : बस्न्यातले पहिल्यै जाक्न खोज्दा लोकमानले जोगाएका थिए

विष्णु पोखरेल/न्युजसेवा नेपालमा सुटर डनहरुको आपराधिक बिगबिगी त भयंकर छ । राजनीतिक संरक्षणमा ती डन नेतादेखि कर्मचारीमात्रै होइन, प्रहरी प्रशासनलाईसमेत प्रभावमा राख्न सफल छन् । मान्छे कुट्ने, लुट्ने र मौका परे मारिदिने उनीहरुको धन्दा हो । तर, यहाँ त कर्मचारीतन्त्रमा पनि खतरनाक डन छन् जो दलका नेतादेखि संवैधानिक निकाय र मिडियालाईसमेत प्रभावमा पारी भ्रष्टाचारमा लिप्त हुन्छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना ‘डन कर्मचारी’…विस्तृत समाचार »

आफ्नै श्रीमतीसँगको सहबासको फोटो इन्टरनेटमा राख्ने कस्तो श्रीमान् ?

भारतको हैदरावादका एक सफ्टवेयर इन्जिनियरलाई आफ्नै श्रीमतीसँग बिताएको अन्तरंग पल वेभसाइटमा अपलोड गरेको आरोपमा पक्राउ गरिएको छ। साइबर क्राइम शाखाले ६ हप्तासम्म गरेको छानविनपछि सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । प्रहरीमा २०१६ नोभेम्बरमा अभियुक्तकी श्रीमतीको उजुरी परेको थियो । पीडितले आफूलाई यसबारेमा साथीले जानकारी दिएको बताएकी थिइन् । यद्यपि उजुरी दर्ता गर्दा पीडितलाई घटनामा आफ्नै श्रीमानको संलग्नता रहेको शंका नरहेको बताइएको छ। सफ्टवेयर इन्जिनियरको एउटा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top