नेपाल पक्षको समानान्तर कमिटी बनाउने कुनै हैसियत छैन, पहुँच बढाउने खेल मात्र हो : महेश बस्नेत


Friday, 12 Apr, 2019 12:25 PM
सरकार बनेको एक वर्षभन्दा बढि भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो सरकारले राम्रो काम गरिरहेकाले निराश नहुन भन्दै जनतालाई आश्वस्त पार्ने कोशिस गरिरहेका छन् । तर यो एक वर्षको अवधिमा जनतामा केही नैराश्य अवश्य देखिएको छ । सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलले झैं सत्तापक्षकै सांसदहरूले विरोध गर्दै आइरहेका छन् । संसदमै सत्तापक्षका सांसदहरूबीच सरकारका कामबारबाहीबारे असन्तुष्टि पोखिने गरेको छ । अर्कातिर पार्टी एकतामा पूर्वएमाले र नेकपा माओवादीबीच भागबन्डा मिले पनि पूर्वएमाले गुटमा भागबन्डा नमिल्दा समानान्तर कमिटी बनाउने तयारी भइरहेका खबरसमेत सार्वजनिक भएका छन् । संसदका हरेकजसो बैठकमा भाग लिएर सरकारको बचाउमा खरोरुपमा उत्रिँदै विपक्षी सांसदहरूलाई काउन्टर हान्ने सांसद हुन् भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत । पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतसँग न्यूजसेवाले यीनै विविध विषयमा कुराकानी गरेको छ । 

दुई तिहाइको सरकार छ, तर जनताले अपेक्षा गरेअनुसार काम हुन सकिरहेको छैन । एक वर्षको अवधि हेर्दा यति बलियो सरकारको यति सुस्त गति किन ? 
निकै लामो निराशापछि हामीले संविधान बनायौँ । तीनै तहको निर्वाचन गयौँँ, राज्य पुनःसंरचना गयौँ र राजनीतिक अस्थिरताको अन्त्य गर्यौँ । मौलिक हकसम्बन्धि कानुनहरू बनायौँ ।, कर्मचारीहरूको समायोजन जस्ता धेरै काम गयौँ यो एक वर्षको अवधिमा । 
यो गर्दागर्दै पनि जनतामा किन निराशा रह्योे भने जनतामा एक त दुई तिहाइको सरकार बन्यो, राज्य पुनःसंरचना भयो, संविधान बन्यो, फेरी निर्वाचन भयो, यी तमाम कारणले तीब्र गतिमा विकास हुनुपर्छ भन्ने महत्वाकांक्षा भयो ।  वस्तुगत परिस्थिति हिजो जुन अवस्थामा थियो त्यसमा खासै परिवर्तन थिएन । हाम्रो सिस्टम, कार्यशैलीमा परिवर्तन आएको थिएन र राज्यका संरचनामा पनि त्यो देखिएन । त्यसो भएकाले कुनै तालमेल नै हुन सकेन । अर्को, स्रोत–साधनका हिसाबले राजस्वको चुहावट, भ्रष्टाचार र अनियमितताका कुरा सही ढंगले नियन्त्रण गर्न सकेका थिएनौ । जुन खालले राज्यको आम्दानीलाई व्यवस्थित गर्नुपर्ने थियो, त्यो गर्न सकेनौ । यसैले तीब्र गतिमा काम गर्न सकेनौ । यद्यपि यो सरकारले एक वर्षको अवधिमा एउटा आधार तयार गर्यो । किनभने  हामीसँग कुनै व्यवस्थित डिजाइन थिएन । जस्तै अहिले रेलमार्ग, पानीजहाज ल्याउने कुरा गर्दैछौँ । ७२ वटा शो–केस बनाएर लगानीका कुरा गर्दैछौँ । अहिलेसम्म हामीकहाँ १३ सय जना अट्ने सम्मेलन हल छैन । 

अब एकैचोटी गर्न खोजियो भने त न हामीसँग डीपीआर छ, न डिजाइन । हामीसँग डीपीआर र डिजाइन गर्ने दक्ष जनशक्ति पनि छैन । बहुदलिय व्यवस्था आएपछि त नेपालमा इञ्जिनियरिङ कलेज खुलेका हुन् । अहिले २ सय ५० भन्दा बढी पुगे । भर्खर हामीले प्राविधिक जनशक्ति निर्माण गर्दैछौँ । र अहिले जुन लगानी सम्मेलन सरकारले गर्यो त्यसमार्फत हामीले भोलि नेपाल कहाँ पुग्छ भन्ने कुरा प्रस्तुत गयौँ । लगानीकर्ताहरूलाई एउटा आकर्षण दियौँ । 

अन्तर्राष्ट्रिय मञ्चहरूमा हिजो नेपाल ब्याक बेञ्चमा बस्थ्यो । अहिले सम्माननीय प्रधानमन्त्रीले अंग्रेजी भाषामा जुन कमान्ड दिनुभएको छ, त्यसले अन्तर्राष्ट्रिय शक्तिहरूको आकर्षण देखियो । त्यसैले विदेशका झन्डै सातसय लगानीकर्ता आए र उनीहरुको ठूलो रुची पनि देखियो । हामी निराश हुनुपर्ने स्थिति छैन । यथार्थ बुझिसकेपछि अब हामी आशावादी हुन्छौँ । जेठ १५ गते बजेट आउँदैछ । अघिल्लो पटक अर्थमन्त्रीले पहिलो दुई वर्ष गाली खाने त्यसपछि बल्ल ताली खाने भन्नुभयो  । अहिले अर्थतन्त्रका डाटाहरू हेर्ने हो भने निकै सुधार देख्नुहुन्छ । केही गलत भ्रमहरु मिडियाले फिँजाएको थियो । आज एडीबी र वल्र्ड बैंकले नेपालको अर्थतन्त्रमा निकै सुधार भएको छ र लगानी गर्न योग्य छ भनेर बोलेको छ । त्यसले परिस्थिति सहीढंगले अगाडि बढेको देखिन्छ । 


तपाईले निराश हुनुपर्ने अवस्था छैन भन्नुभयो, प्रधानमन्त्री ओलीले पनि त्यही कुरा दोहोर्याइरहनुभएको छ, तर तपाईँकै पार्टीका नेताहरूमा तीब्र असन्तुष्टि छ नि, सरकारको काम कारबाहीलाई लिएर ? सरकारले काम गर्न नसकेको हो या पार्टी एकतामा कुरा नमिलेर यता रिस पोखिएको हो ? 
हिजो पार्टी एउटा चरणमा थियो । अहिले सत्तामा छ र समृद्धि प्राप्तिको चरणमा छ । अहिले संघर्षभन्दा पनि सिर्जनशीलता र जनसेवा हाम्रो कार्यदिशा हो । यो चरणमा मानिसले आफ्नो भूमिका खोज्ने हो । सरकार र पार्टीका उच्च स्थानहरू सिमित छन् । आकांक्षीहरू धेरै छन् । नेताहरूलाई व्यवस्थापन गर्न कठिन भयो । जस्तो सचिवालयको संख्या थोरै छ, आकाँक्षी धेरै छन् । मन्त्रालय थोरै छ आशा गर्ने धेरै । पर्नेहरू खुसी छन् । नपर्नेहरू रिसाएका छन् । अब ती आकाँक्षीहरूले मेरो योग्यता छ, काम गर्छु भन्नुपनि स्वभाविकै हो । नेताहरूले दिन नसक्नु पनि स्वभाविकै हो । किनकी पद थोरै छन् । हामी लोकतान्त्रिक पद्धतिमा गयौँ । तर संस्कार र अभ्यास धेरै नगरेकाले भोलि दुई तिहाइ आउला–नआउला, बहुमत आउला–नआउला, यही नै हाम्रो मौका हो भन्ने ढंगले असन्तुष्टिहरू व्यक्त भएको देखिन्छ ।

अर्को दुईवटा ठूला कम्युनिस्ट पार्टीबीचको एकतामा अनेक खालका जटिलता पैदा भए । जसको कारण प्रक्रिया अलि ढिला भयो । एकता चाँडो भएको भए वारपार भइहाल्थ्यो । ढिला भएकाले पनि असन्तुष्टिहरू आएका छन् । तेस्रो कु्रा नेतृत्व वर्गको कामको क्षेत्र एकदम फराकिलो भयो । हिजो पार्टीको काममा मात्र सिमित भएकाहरु शासकीय काममा व्यस्त रहनुपर्ने अवस्था आयो । यसोहुँदा कामको सन्तुलन मिलाउन पनि समस्या भयो । मलाई लाग्छ पार्टीको पद्धति र सैद्धान्तिक कुराहरू टुंगिँदै जानेछन् । 


तपाईहरूले आधार वर्ष भनिरहँदा जनतामा आशंका उत्पन्न भइरहेको छ । त्यसमाथि आफ्नै पार्टीका नेताहरूले सरकारको विरोध गर्दा झनै असन्तुष्टि बढेको हो ? 

आजका जनताको चेतना धेरैमाथि छ । सूचना–प्रविधिको कारण विश्व साँघुरिएको छ । अमेरिकाले गरेको कुरा लाइभ हेर्न सक्छौँ । २२ लाखभन्दा बढी नेपाली विदेशमा छन् । उनीहरूले त्यो देशको उन्नति र प्रगति नेपालसँग तुलना गर्छन् । हाम्रो वस्तुगत परिस्थिति एकातिर छ तर विकसित मुलुकसँग हाम्रो तुलना भइरहेको छ । सामाजिक सञ्जालहरूमार्फत धेरै नकारात्मक टिप्पणी आउने गर्छ । त्यसैमा आफ्नै पार्टीका नेताहरूले विधि र पद्धतिभन्दा बाहिर गएर बोलिदिएपछि थप मलजल भएको छ ।  यो विस्तारै मत्थर हुँदै गएको छ । जस्तो लगानी सम्मेलनभन्दा अगाडि परिस्थिति एउटा थियो, आज बेग्लै छ ।

हिजो प्रधानमन्त्रीले रेल निर्माण गर्ने कुरा गर्दा सबैले उडाउँथे । आज डीपीआरको प्रक्रिया सुरू भएको छ । पानीमा लगानी भनेर प्रधानमन्त्रीले नै सेयर किनेर सुरू गरेपछि त्यसले उत्साह दिएको छ । हिजो प्रधानमन्त्री र मन्त्रीले पनि भ्रष्ट्राचार गरेको सुनियो । आज रोकिएको छ । तल–तल भ्रष्ट्राचार छ । तर रोकिने क्रम सुरू भएको छ । अख्तियार, राजस्व, सम्पत्ति शुुद्धिकरणमा स्वच्छ छवि भएका व्यक्ति नियुक्त भएका छन् । हिजो भन्सार, मालपोतमा जानका लागि दौडादौड हुन्थ्यो । त्यहाँ जान घुस खुवाउने प्रचलन थियो । आज त्यहाँ कर्मचारी जानै मान्दैनन् । यो भनेको सरकारले ठीक गरेको रहेछ नि त ।

पछिल्लो समय राजस्व २५ प्रतिशत बढी उठेको छ । मलाई लाग्छ प्रधानमन्त्री र अर्थमन्त्रीज्यूले भ्रष्ट्राचार रोकेर सुशासन कायम गर्ने, स्वदेशी र विदेशी लगानीमा मुलुक बनाउनका लागि निरन्तर लागिरहनुभएको छ । संविधानदेखि त्यसमा रहेका कानुन, कर्मचारी, प्रहरीको संयोजनसम्मका काम गर्न एक वर्ष लाग्यो । यो हेर्ने हो भने संसारकै इतिहासमा तीब्र गतिमा भएको छ ।  त्यसैले जनताको निराशा विस्तारै आशामा परिणत हुँदै जानेछ । आशा र उत्साह भएपछि सिंगो मुलुक गोलबन्द रूपमा अगाडि बढ्छ । सरकारले केही आलोचना खाए पनि राम्रै ढंगले मुलुकलाई अघि बढाइरहेको छ । 


तपाई संसदका हरेकजसो बैठकमा बोलेको देखिन्छ । एकथरी सांसद सरकारको विरोधमा बोलिरहेका हुन्छन् भने तपाईँलगायतका सांसद भने सरकारको बचाउमा उहाँहरूलाई काउन्टर गर्नुहुन्छ । संसदमै तालमेल देखिएन नि ?
संसदीय अभ्यासको कमीले गर्दा  हामीमा लोकतान्त्रिक तथा संसदीय संस्कार आइसकेको छैन । सैद्धान्तिक रूपमा भन्नुहुन्छ भने सत्तापक्षका सांसदले सरकारको विरोध गर्न मिल्दैन । प्रतिपक्षले बजेटको संशोधनमा एक रूपैया संशोधन दर्ता गर्नुभयो । यो किन गरेको भने प्रतिकात्मक रूपमा । यो कुरा हाम्रा साथीहरूले बुझ्नुभएको छैन  होला । पार्टीले लिएका कतिपय कुरा,नेताका कार्यशैलीका विषय होलान् । त्यो भन्ने ठाउँ छ । सच्याउने र झकझक्याउने ठाउँ छ ।

संसदीय दलको बैठकमा मेरो प्रस्तुति आलोचनात्मक हुन सक्छ । पार्टी केन्द्रीय कमिटिको बैठकमा आलोचना गर्न सकिन्छ । तर सदनभित्र सरकारको विरोध गर्ने ढंगले जानुहुँदैन । कतिपय नेताहरूले जिम्मेवारी नपाएका लगायत अनेकथरी असन्तुष्टि सदन र मिडियामा पोख्ने प्रवृति देखापरेको छ । कुरा एकातिर छ असन्तुष्टि अर्को ढंगले आइरहेको छ । भर्खर पार्टी एकता भएकाले यस्तो भएको हो । जस्तो तपाईँ नारायणगढ जाँदा त्रिशुली र सेती मिसिएको ठाउँमा मिसिएपछि अलि तलसम्म सेतोधार देखिन्छ । जतितल गयो त्यो मधुरो हुँदै जान्छ र नारायणीमा पुग्दा एउटै देखिन्छ । यस्तै दुईवटा पार्टी मिल्दा निश्चित अवधिसम्म दुई धार देखिन्छ । तर यो धार अहिले मधुरो हुँदै गएको छ । त्यसकारण कहाँ जाने, कहाँ नजाने, कहाँ बोल्ने, कहाँ नबोल्ने अलमल जस्तो देखिएको हो ।

अर्को सांसदहरू भनेका विधि निर्माता मात्रै होइनन् । विकासका पहलकर्ता पनि हुन् । यो कुरा अर्थमन्त्रीज्यू अलिकति ग्राउन्ड नेतृत्व नबुझेको हुनाले अघिल्लो बजेटमा सांसदहरूलाई समेट्ने, राय लिने कुरा अलिक कम भयो । जसकारण पनि सांसदहरूले केही नकारात्मक टिप्पणी गर्नुभएको हो जस्तो लाग्छ । अर्को पार्टी एकता नभइसकेकाले संसदीय दल पनि त्यति व्यवस्थित छैन । जस्तो प्रमुखसचेतकले सबै सांसद चिन्नुहुन्नथ्यो । सचेतकले पनि धेरै चिन्नुहुन्न । भर्खर आउनुभएको छ । यो एक वर्षको दौरानमा बल्ल यसको क्षमता यो रहेछ । यो यहाँको सांसद रहेछ भनेर चिन्ह् र बुझ्न थाल्नुभएको छ । समयले यी अव्यवस्थालाई  व्यवस्थित गर्दे लैजान्छ ।


पार्टी एकता अन्तिम चरणमा छ भनिएको छ, तर माधव नेपाल लगायतका असन्तुष्ट पक्षले आफूहरूलाई पेलेर गए तल्लो तहसम्म समानान्तर कमिटी बनाउने तयारी गरेको कुरा आएको छ नि ? 
पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउने साथीहरूले विधि र प्रक्रियाका कुरा गर्दै यो गरिराख्नुभएको छ । दुईवटा पार्टीबीच चुनावी तालमेल भयो । सुरुमा दुई पार्टी मिल्ने, चुनाव चिन्ह् सूर्य लिने भन्ने कुरा आयो । तर पछि कुरा मिलेन र दुईवटा चुनाव चिन्ह्मा निर्वाचन भयो । पार्टी एकता हुन्छ भनेर पत्याइएको थिएन । एकता भयो । यो कसले गरेको भन्दा पार्टीका दुईवटा अध्यक्षले गर्नुभयो । मान्छेहरूको बुझाइ के हुन्छ भने दुईवटा व्यक्तिले गरेर हुन्छ र भन्छन् । अध्यक्ष भनेको व्यक्ति होइन । अध्यक्ष भनेको संस्था हो । पार्टीको महाधिवेशन नहुँदा केन्द्रीय कमिटी पार्टी हो । त्यो नहुँदा स्थायी कमिटी हो । स्थायी कमिटी नहुँदा सचिवालय पार्टी हो । कार्यदलले काम गर्न नसकेपछि दुई अध्यक्षले टुंग्याउन्ुभयो । यति ठूलो पार्टीमा सयमा सय नै सन्तुष्ट हुन्छ भन्ने त हुँदैन ।

आज एकता प्रक्रियाबाट प्राप्त गर्ने पदहरू अन्तिम होइनन् । जसले जिम्मेवारी पाएको छैन, उसले फेरी जिम्मेवारी पाउने अवस्था रहन्छ । जिम्मेवारी पाइएन भनेर हारगुहार गरेर हिँड्नुपर्ने आवश्यकता छैन । कतिपय नेताहरूले विगतमा एमाले पार्टीभित्र रहेको गुटबन्दी र राजनीतिक अन्तरविरोधको जुन ढर्रा छ, त्यही ढर्राभित्र रहेर समानान्तर कमिटी बनाउने ढंगले पनि अभिव्यक्ति दिएका छन् भन्ने कुरा मैले पनि सुनेको छ । मलाई लाग्दैन, उहाँहरूको त्यत्रो धेरै समानान्तर कमिटी बनाउने हैसियत छ । पार्टी विभाजनको दिशामा हिड्ने कसैको पनि भविष्य सुनिश्चित छैन । सफल हुने भए वामदेव, सीपी सफल हुनुहुन्थ्यो । कांग्रेसभित्र पनि देउवाजीहरु पmुटे पनि फेरी एकतावद्ध हुनुपर्यो ।

पार्टीमा समानान्तर कमिटी बनाउने र फुटाउने खेल खेल्नेलाई न कार्यकर्ताले न त जनताले साथ दिन्छ । उहाँहरूले सायद पार्टीभित्र आफ्नो पहुँच बढाउन । आफ्ना भनिएका साथीहरूलाई व्यवस्थित गर्न एउटा बार्गेनिङ पोइन्टका रूपमा उठाउनुभएको होला । यसलाई दुईवटै अध्यक्षले विवेकपूर्ण तरिकाले फैसला गर्नुहुन्छ । कुनै समानान्तर कमिटी बन्ने अवस्था आउला जस्तो लाग्दैन  । 
 


प्रचण्ड र केपी ओली मिल्दा पूर्व अध्यक्षहरू पेलिएको महशुस गर्नुभएको छ, यसलाई कसरी सम्बोधन गर्ने त ?

हामी द्वन्द्वात्मक  भौतिकवादमा विश्वास गछौँ । यसमा एकता र संघर्ष सँगसँगै भइराखेको हुन्छ । हरेक चिजमा अन्तरविरोध हुन्छ । त्यो अन्तरविरोध कहीँ शत्रुतापूर्ण त कहीँ मित्रवत  हुन्छ । पार्टी भित्रको अन्तरविरोध भनेको मित्रतापूर्वक हुन्छ । कहिलेकाहीँ नबुझेर साथीहरूले त्यसलाई शत्रुतापूर्वक अगाडि बढाउन खोज्छन् । पार्टी भनेको त्यो अन्तरविरोधको व्यवस्थापन हो । त्यसका लागि हामीले विधान बनाउने, महाधिवेशन गर्ने । सबै प्रक्रियालाई विधिवत गर्नका लागि केन्द्रीय कमिटी बनाउने, चुनाव गर्ने हो । यति हुँदाहुँदै पनि नेताहरूले विवेक पुर्याउनुपर्छ । नेता यत्तिकै हुँदैन । यसका लागि लामो एउटा यात्रामा खारिएर, विभिन्न आरोह–अवोध पार गर्दे क्षमता, हैसियत र क्रियाशीलताबाट हुने हो । मलाई लाग्छ उहाँहरूले विवेक पुर्याउनुहुन्छ । जुन ढंगले एकदम असन्तुष्टि भयो,केके भयो भनिएको छ यो सत्य होइन । 


पछिल्लो समय मन्त्रिपरिषद् हेरफेरका कुरा पनि आइरहेका छन् । स्व.रवीन्द्र अधिकारीको निधनपछि उक्त मन्त्रालय पनि रिक्त छ । यसमा तपाईको नाम चर्चामा छ ? तपाईँ  मन्त्री बन्न लाग्नुभएको हो ?
सरकार बनेको एकवर्ष भन्दा बढी भएको छ । मन्त्रिपरिषद् हेरफेर भनेको प्रधानमन्त्रीमा निहित अधिकार हो । एक वर्षको कामको समीक्षा गर्दैै केही मन्त्रीहरू फेरबदल गर्नुपर्छ भन्ने विचार पाार्टीमा जबरजस्त उठिरहेको छ । त्यो आधारमा अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल पुनःगठन हुन्छ भनेर भन्दिनुभयो । प्रधानमन्त्रीले पुनःगठन त हुन्छ तर उचित समय आएपछि  भन्नुभएको छ । मलाई लाग्छ लगानी सम्मेलन र पार्टीका नेताहरूसँग सल्लाह गर्नुपर्ने भएकाले अहिले हुन सकिरहेको छैन ।

पार्टी एकता र मन्त्रीमण्डलको पुनःगठन सँगसँगै हुनसक्छ भन्ने मेरो पनि अनुमान छ । जहाँसम्म मेरो नाम चर्चामा आयो, पहिलोपटक सरकार बन्दा मैले आफैले म कुनै दाबेदार होइन भनेर घोषणा गरेको थिएँ । यो एक वर्षको दौरान सदनभित्र मैले खेलेको भूमिका र भक्तपुर जस्तो निकै कमजोर क्षेत्रमा निर्वाचन जितेर जुन भूमिका खेलेँ । यो कारणले प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको चाहना र परिकल्पना पूरा गर्नका निमित्त म र मजस्ता साथीहरूले जिम्मेवारी लिनुपर्छ भन्ने कुरा पार्टीभित्र उठिरहेको छ । मैले मलाई यो चाहिन्छ भनेर कहीँ पनि लविङ गर्न गइन । तर मेरो विगत हेर्ने हो भने मैले जे–जे जिम्मेवारी पाएँ एकदम दक्षता र इमानदारीका साथ निभाएको छु । त्यसकारण भोलि मन्त्रीमण्डलको पुनःगठनहुँदा मलाई कुनै जिम्मेवारी दिने स्थिति बन्यो भने त्यो कुशलताका साथ निर्बाह गर्न सक्छु । म तयार छु त्यसका लागि । 


दुई तिहाइको सरकार छ । प्रधानमन्त्री निकै दौडधुप पनि गरिरहनुभएको छ, तर पनि अपेक्षाकृत ढंगले विकास हुन सकिरहेको छैन । खासमा नेपालको सिस्टमै गलत हो कि कहाँनिर समस्या छ ?
यो एकदम महत्वपूर्ण कुरा गर्नुभयो । लामो समयदेखि हामीले गरेको अभ्यास पनि ठिक छैन । प्रवृति पनि । सदनमा सांसदले प्रतिनिधित्व गरेको सिटको आधारमा दुई तिहाइ आयो । यो दुईतिहाइ मुलतः विधि निर्माण गर्ने कुरामा प्रयोग भयो । त्यसमा त उसले सफलतापूर्वक आफ्नो दक्षता देखाइहाल्यो । अब समृद्ध नेपाल निर्माण गर्न त विकास गर्नुपर्ने छ ।  बजेट परिचालन गर्नुपर्ने छ । यसमा सरकारले जसरी सोचेको हो त्यो ढंगले हुन सकेन । जस्तो करोडौंको विकास परियोजना दुईवटा बिजुलीको पोल नसारिदिनाले हुन सकेन । सरकारी निकायबीच समन्वय, तालमेल नहुँदा धेरै कामहरू अलपत्र परिरहेका छन् ।

सार्वजनिक खरिद ऐन र विकासलाई कार्यान्वयन गर्दा देखिएका कमजोरीहरूका कारणले पनि अलिक समस्या परेको हो । जस्तो एउटाले ठेक्का पार्ने, मोविलाइजेसन अर्कैले गर्ने, ठेकेदार बेपत्ता हुने, उसलाई समाउने हामीसँग कुनै माध्यम पनि छैन । कारबाही गर्ने कुनै ऐनकानुन पनि छैन । उल्टो ठेकेदारले सरकारसँग क्षतिपुर्ती माग गर्दै मुद्धा हाल्ने । यसमा सरकारले क्रियाशीलता देखायो भने महासंघ सक्रिय ढंगले अगाडि आएर आन्दोलन गर्ने । मुलुकी ऐनको अपराध संहिता निर्माण गर्ने क्रममा डाक्टरहरूले मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने, ड्राइभरले दुर्घटना गरेर ब्याक गरेर मार्न पाउनुपर्छ भनेर गरेको आन्दोलन त देख्यौँ नि । विकृति विसंगतिको एउटा चरमसीमा आयो । विगतको द्धन्द्ध लगायतका कारणले आपराधिक कर्म व्यापक भयो । अर्को यस्तो भ्रष्ट्राचारको माइन्ड सेट छ ,समाज नै भ्रष्ट भइसकेजस्तो ।  छोरालाई दूध किन्न पठाउँदा पनि एक प्याकेट दूध ल्याएर अरू पैसा फिर्ता नहुने अवस्था छ ।

भ्रष्ट संस्कार विकास भएको अवस्थामा रातारात परिवर्तन हुने कुरा भएन । घरको जग बन्दा घरको आकृति देखिँदैन । यो आधारवर्षमा त्यही भएर अलिकति निराशा देखिएको हो । मलाई लाग्छ अब सरकारले जताततैबाट व्यवस्थित गर्दे,भ्रष्ट्राचार, राजस्व चहावट नियन्त्रण गर्दै लगानीकर्ताहरूलाई आकर्षित गरेको छ । औद्योगिकरणको वातावरण बनिरहेको छ  । कृषि,उद्योगलगायत थुप्रै क्षेत्रमा स्किमहरू आइरहेका छन् । सरकारले विकासको गति जसरी दिइरहेको छ, यसले तीन चार वर्षमा राम्रो परिणाम ल्याउँछ र जनता पूरै आशावादी र उत्साहित हुनेछन् । यसको लागि सरकारले आमजनतालाई गोलबन्द तरिकाले अगाडि बढाउन खोजिरहेको छ । सरकारले ल्याएका विभिन्न योजनाले धेरै काम भइरहेका छन् र हुँदै जानेछन् । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top